लकडाउन अपडेटः काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थप गरिने…..

जानकारी राष्ट्रिय

कोरोना सं’क्रमण रोकथामको लागी जारी काठमाडौँ उपत्यकाको निषेधाज्ञा एक हप्ता थप गर्ने तयारी गरिएको छ । आज शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप खुकुलो बनाउँदै एक हप्ता लम्ब्याउने बारे छलफल भएको हो । जारी निषेधाज्ञा थप गर्नेबारे जिल्ला प्रमुखहरु बीच छलफल भएपनि आगामी आइतबार मात्र निर्णय गरिने छ ।

कोरोना सं’क्रमण दर केहि घटे पनि जोखिम अझै पनि रहेकोले केहि खुकुलो पारेर निषेधाज्ञा थप गर्ने बारे छलफल भएको छ । काठमाडौ उपत्यकामा पछिल्लो पटक थपिएको निषेधाज्ञा आगामी जेठ ३१ गते मध्यराति १२ बजे सकिदैछ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३,७५० जनामा कोरोना सं’क्रमण पुष्टि भएको छ ।

९,५९८ जनाको पीसीआर र ५,५८४ जनाको एन्टिजेन परीक्षणमा ३,७५० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा कोरोना सं’क्रमितको संख्या ६ लाख ४ हजार ३९६ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ५,२२५ जना कोरोना सं’क्रमणमुक्त भएका छन् । यो सँगै निको हुनेको संख्या ५ लाख २० हजार ८१६ पुगेको छ ।

त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना सं’क्रमणबाट थप ६७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृ त्यु हुनेको संख्या ८,३०५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो पनि हेर्नुहोस्ः २४ वर्षीय श्रीमतीलाई तन्नामा पोको पारी मस्र्याङ्दी नदीमा फाल्ने पुरुष प’क्राउ ! श्रीमतीलाई तन्नामा पोको पारेर मस्र्याङदी नदीमा फालेको आ’रोपमा एक षुरुषलाई प्रहरीले आज प’क्राउ गरेको छ ।

पालुङाटार नगरपालिका–७, च्याङ्लीका ४४ वर्षीय रामबहादुर कामीलाई आफ्नै श्रीमती मा’रेर मस्र्याङदी नदीमा फालेको आ’रोपमा प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो । कामीले आज बिहान २४ वर्षीय श्रीमती सम्झना रेग्मीलाई गोरखा र तनहुँ जोड्ने नयाँपुलस्थित झोलुङ्गे पुलबाट फालेको देखेपछि स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए ।

घ’टना लगत्तै प’क्राउ परेका अभियुक्त कामीले श्रीमतीको गए राति नै मृ’त्यु भएकाले दा’हसंस्कार गर्न एक्लैले सम्भव नभएपछि तन्नामा पोको पारी श’व नदीमा फालिदिएको स्वीकार गरेको प्रनाउ दाहालले बताउनुभयो । नदीमा फालिएको भनिएको शवको खोजी भइरहेको भए पनि अहिलेसम्म फेला नपरेको उहाँले जानकारी दिनुभयो ।

कामीलाई अस्थायी प्रहरी पोष्ट बिरुवाटार र इलाका प्रहरी कार्यालय ठाँटी पोखरीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । प’क्राउ परेका कामी बेवारिसे अवस्थामा नयाँपुलमुनि ओडारमा श्रीमती सम्झनासँग बस्दै आएको खुलेको प्रहरीको भनाइ छ । उनीहरुले छ महिना अघिमात्र बिहे गरेका थिए । घ’टनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको टोली घ’टनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *