आज नेपालमा थप ३,७५० जनामा कोरोना सं’क्रमण भएको पुष्टि ! ५,२२५ जना संक्रमणमुक्त….

जानकारी राष्ट्रिय

नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३,७५० जनामा कोरोना सं’क्रमण पुष्टि भएको छ । ९,५९८ जनाको पीसीआर र ५,५८४ जनाको एन्टिजेन परीक्षणमा ३,७५० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा कोरोना सं’क्रमितको संख्या ६ लाख ४ हजार ३९६ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ५,२२५ जना कोरोना सं’क्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ५ लाख २० हजार ८१६ पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना सं’क्रमणबाट थप ६७ जनाको मृ’त्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ८,३०५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *