कोरोना बिरुद्दको खोप लगाएकी काठमाडौँकी ६० वर्षीय महिलाको शरीर पनि बन्यो चुम्बक, भदाले भिडियोमै देखाए ! हे’र्नुहोस् (भिडियो)

जानकारी भिडियो समाज

काठमाडौँ, ३१ जेठ । करिब डेड वर्षा अगाडी चिनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी यतिबेला विश्वभर पुगिसकेको छ । कोरोना भाइरस देखिएको करिब वर्ष दिन पछी त्यस बिरुद्दको भ्याक्सिन पनि उत्पादन भैसकेको छ । हाल उक्त भ्याक्सिन धेरै देशले सुरु गरिसकेका छन । तर अधिकांश मानिसले उक्त भ्याक्सिन लगाउन पाएका छैनन् ।

नेपालमा पनि धेरैले कोरोना बिरुद्दको भ्याक्सिन लगाई सकेका छन । कतिले पहिलो डोज मात्र लगएका छन भने कतिले दुवै डोज लगाई सकेका पनि छन । यसै बीच कोरोना बिरुद्दको खोप लगाएका एक भारतीय नागरिकको शरीर चुम्बक बनेको खबर भाइरल नै भएको थियो । तर त्यसको केहि दिन पछी नै नेपालमा पनि त्यस्तै असर देखिएको एक महिलाको भिडियो सार्बजनिक भएको छ ।

काठमाडौँ असन निवासी ६० वर्षीय संगीता तिलिमाको शरीर पनि चुम्बक बनेको भन्दै उनका भदाले भिडियो बनाएका हुन् । संगीताले ४ दिन अगाडी मात्रै भेरोसेल भ्याक्सिन लगाएका थिए । मध्यपुर हस्पिटल तथा कोरियन नेपाल अस्पतालका अर्थोपेडिक सर्जन डा. मनिष प्रधानाङ्गले आफ्नी फुपू संगिताको शरीरमा चुम्बकीय शक्तिजस्तै भएको बताउँदै फेसबुकमा भिडियो सेयर गरेका थिए ।

उनले कोरोना बिरुद्दको खोप लगाएका मानिसको शरीर चुम्बक बन्ने खबर सुनेपछि आफ्नो फुपू संगीताको शरीरमा त्यो परिक्षण गर्दा त्यस्तै पाएको बताए । भिडियोमा देखिए अनुसार संगीताको पाखुरामा चाबी, चम्चा, थाल आदी राम्ररी टासिएको छ । त्यस्तै मनिषले अर्का एक बालकको पाखुरामा सोहि सामग्री टास्ने कोशिस गर्दा नटासिएको पनि देखाएका छन ।

मनिषले उक्त भिडियो शेयर गर्दै भनेका छन – ‘विगत केहि दिन देखि कोभिड-१९ भ्याक्सिनले मानिसलाई चुम्बक बनाएको भिडियो खबर आइरहेको छ । मेरो आन्टीले पनि पहिलो खोप लगाएसंगै त्यस्तै असर देखिएको छ । यो कुरा सुनेर म पहिले त धेरै अलमलमा परे । तर एउटा कुरा मलाई स्पष्ट छ कि कोरोना भ्याक्सिन लगाए पछी उनि कोरोनाबाट भने पहिले भन्दा सुरक्षित छिन । शरीरमा चुम्बकीय शक्ति देखिनुमा सायद अरु कारण पनि हुन सक्छ । यस बारे धेरै अनुसन्धानको आवश्यक छ । ‘

भिडियो यहाँबाट हेर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *