नेपालमा आज थप २,७४५ जनामा कोरोना सं’क्रमण पुष्टि, ४,१८७ जना सं’क्रमणमुक्त

जानकारी राष्ट्रिय

काठमाडौँ,१ असार । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २७४५ जनामा कोरोना सं’क्रमण पुष्टि भएको छ । ७४४९ जनाको पीसीआर र ५८४१ जनाको एन्टिजेन परीक्षणमा २७४५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हाल सम्म नेपालमा कोरोना सं’क्रमितको संख्या ६ लाख १२ हजार २०२ पुगेको छ ।

त्यसै गरी पछिल्लो २४ घण्टामा ४१८७ जना कोरोना सं’क्रमणमुक्त भएका छन् । यो सँगै निको हुनेको संख्या ५ लाख ४० हजार ४३९ पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना सं’क्रमणबाट थप ४१ जनाको मृ’त्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ८,५०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हाल सक्रिय सं’क्रमितको संख्या ६३ हजार २५७ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *