आफ्नो श्रीमान माधव भण्डारीलाई मेलम्चीको बाढीले बगाए पछी श्रीमती नाबालक छोरालाई अंगाल्दै भक्कानिइन् ! हेर्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

काठमाडौं, २ असार । मंगलबार साँझ आएको भिषण बाढी र पहिरोमा परि सिन्धुपाल्चोकमा कम्तिमा सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा हेलम्बु-२ का ३१ वर्षीय माधव भण्डारी , ४२ वर्षका गणेश ज्योति, हेलम्बु-३ का १३ वर्षीया टीकामाया खड्का, हेलम्बु-७ का ज्ञानेन्द्र कक्षपति, चौतारा साँचोकगढी नगरपालिकाका २३ वर्षीय समुन्द्र नेपाल र हेलम्बु-६ का च्याङ्बा तामाङ छन् ।

मृतकहरू सबै मेलम्ची ट्राउट फर्ममा कार्यरत थिए । मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले ठुलो क्षति गरेको प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले जानकारी दिए । मेलम्ची खोला उर्लिंदा मेलम्ची बजारमा डुबेको छ । जिल्ला प्रहरीका अनुसार अहिलेसम्म दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र दर्जनौ घर बगेको विवरण आएको छ ।

सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ । सेनाको हेलिकप्टर मार्फत त्यहाँ उद्दार भएको छ । खोलामा अझै पनि पानीको बहाव नघटेकोले सतर्कता अपनाउनु पर्ने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । खोलामा बाढी आएको थाहा पाएपछि माधव भण्डारी खोलामा माछा पोखरीमा आउने कुलो थुन्न जादा बाढीले बगाएको श्रीमतीले भावुक हुदै सुनाएकी छन ।

मेलम्ची बजारमा रहेको रेडियो मेलम्चीको भवन बाढीले डुबाएको छ । मङ्गलबार अपराह्नदेखि बढेको मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले मेलम्ची बजारमा रहेको रेडियोको तीनतले भवनको दुई तलासम्म डुबाएको छ ।

रेडियोका सम्पूर्ण सामग्री क्षतिग्रस्त भएको र करीब रु ५० लाख हाराहारी क्षति भएको छ । रेडियोको सम्पूर्ण कागजात, उपकरण, ल्यापटपलगायत सामग्री बाढीले बगाएको रेडियोका अध्यक्ष डम्बररसिक भारतीले बताउनुभयो । दोस्रो तलासम्म लेदोले पुरिएको र तेस्रो तलाको अलिकति भाग मात्र देखिएको छ । बाढीले मेलम्ची बजार डुबानमा परेपछि स्थानीयवासी सुरक्षित आश्रय स्थलको खोजीमा छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री तथा अन्य संघसंस्था राहत एवं सहयोगका लागि सिन्धुपाल्चोक जाने क्रम जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *