आजको राशिफल हेर्नुहोस् : मिति २०७८ साल असार १९ गते शनिबार तदनानुसार ईश्वी सन् २०२१ जुलाई ०३ तारिख

जानकारी धर्मदर्शन राशिफल

आज मिति २०७८ साल असार १९ गते । शनिबार । ईश्वी सन् २०२१ जुलाई ०३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ कृष्णपक्ष । तिथि– नवमी,बेलुकी ०७ बजेर २४ मिनेट उप्रान्त दशमी । नक्षत्र–रेवती,बिहान ०९ बजेर ०३ मिनेट उप्रान्त अश्विनी । योग– अतिगण्ड,दिउसो ०२ बजेर ४१ मिनेट उप्रान्त सुकर्मा । करण– तैतिल,बिहान ०६ बजेर ४३ मिनेट उप्रान्त गर,बेलुकी ०७ बजेर २४ मिनेट उप्रान्त बव । आनन्दादिमा–धाता योग । चन्द्रराशि–मीन,बिहान ०९ बजेर ०३ मिनेट उप्रान्त मेष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १४ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०२ मिनेट । दिनमान ३४ घडी ३० पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा नजिक हुने समय रहेकोछ भने घर परिवार तथा आफन्तको साथ सहयोग पाईनाले मन प्रशन्न रहनेछ । समाजसेवामा समय दिन सक्दा मान तथा सम्मानमा बृद्धि भएर जानेछ । बिलाशी तथा भौतिक सम्पति तथा बस्तुको प्रयोग मार्फत रमाईलो गरि दिन बिताउन सकिनेछ । अध्ययन तथा अध्यापनमा समय दिनेहरुले भनेजस्तो सफलता हात लाग्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कामगर्ने सवालमा होसियार रहनुहोला काम बिगार्ने तथा तपाईको नकारात्मक सोच्नेहरु सक्रिय हुनेछन् । आम्दानि हुँने ठाउँमा सत्रुका आँखा लाग्न सक्छ ध्यान दिनुहोला । परिश्रको फल अरुलेनै हत्याउँन कोषिस गर्नेछन् । अध्ययनमा मन जानेछैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । दाजुभाईहरुको नराम्रा सल्लाह मान्दा काम बिग्रनेछ भने भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समय दिए अनुहार प्रतिफल ढिला प्राप्त हुनेछ । प्राकृतिक स्रोत तथा सरकारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अनाउबस्यक झन्झटमा फस्ने ग्रहयोग रहेकोछ । अध्ययनमा बाधा पुग्नेछ भने अरुका लागी समय खर्चिनु पर्नेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउने हुदा दैनिक कामहरु प्रभावित हुन सक्छन् ध्यान दिनुहोला । प्रणय सम्बन्धमा मनमुटाब सिर्जना हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । समाजको मन जित्ने काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यालयमा तपाईको निर्णय क्षमताको उच्च कदर हुनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति बलियो हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईले शुरु गरेको कामलाई सहयोग हुँनेछ भने पैत्रिक धन सम्पतिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । पुराना साथिभाई सँग भेटघाट गरि रमाईलो ठाउँमा स्वादिष्ट परिकारका साथ रम्न सकिनेछ । बिहानको समयमा यात्रा गर्दा ध्यान दिनुहोला

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यावासायमा अलि बढिनै समय खर्चिदा राम्रो मुनाफा कमाउँन सकिनेछ भने बित्तिय क्षत्रसँग सम्बन्धित लगानि फस्टाएर जाने ग्रहयोग रहेकोछ । पुराना बिवादित बिषयहरुको फैसला तपाईकै पक्षमा हुने हुँदा मन प्रशन्न हुनेछ । बिहानको समय राम्रो रहेकोले सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिभिन्न अवसरहरुको सहि तरिकाले सदुयपोग गर्न सक्दा धेरै उपलब्धि हात पर्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धनको भण्डार बढ्नेछ । बौद्धिकताको उपयोग गरि आफ्नो ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । परिवार तथा जीवन साथिको सहयोगले एक किसिमको उत्साह जगाउनेछ । सुन्दर तथा बीलाशी पहिरनले व्याक्तित्वमा निखारता ल्याउनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) लगनशिल तथा ईमान्दारिता पुर्वक गरिएको कामहरु सफलता पुर्वक सम्पन्न गर्न सकिनेछ भने आर्थिक रुपमा सबल हुँने समय रहेकोछ । बिशिष्ट व्याक्तिहरुको संगतले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । माया प्रेममा आफ्नो मायालुलाई आफ्नै आखा अगाडि देख्न पाउँदा मन प्रशन्न हुनेछ । आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला सामान्य मौषमि रोगको प्रकोप भने देखिन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बौद्धिक कार्यमा सहभागी हुने अवसर जुर्नेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रफुल्ति रहनेछ । शेयर बजार,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो फाईदा हुनेछ । स्कुल,कलेज तथा शैक्षिक क्षेत्रमा समय लगानि गर्नेहरुले मनग्गे धन आर्जन गर्नुहुनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै नया प्रेम प्रश्ताब आउनेछ । मन परको मानिसबाट भौतिक सम्पति तथा उपाहार प्राप्त हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) ईष्टमित्र तथा आफन्तको सल्लाहलाई शिरोधार्य गर्दै निर्णय आफै लिनुनै उत्तम रहेकोछ । पढाई लेखाईमा प्रसस्त समय खर्चिय मात्रा सफलता हात लाग्नेछ । माया प्रेममा एक अर्काको भावना नबुझ्दा नचाहादा नचाहादै एक अर्कासँग टाडिनु पर्नेछ । स्वास्थ्यले साथ नदिदा कामहरु नहुने तथा ढिला हुनेछ । बिहानको समय राम्रो रहेकोले छोटो दुरिको रमाईलो यात्रा हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) खेलकुद तथा खेलकुदसँग सम्बन्धित कामहरुबाट अपेक्षित नतिजा हात लगाउँन सकिनेछ । माया प्रेममा नजिक हुँने समय रहेकोछ भने आफन्त तथा गुरुवर्गहरुको सहयोगले पढाई लेखाईमा भनजस्तो नतिजा हात पार्न सकिनेछ । दाजुभाई तथा छिमेकिको सहकार्यमा राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । तरपनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अध्ययनमा तपाईले दिएको समयबाट भनेजस्तो नतिजा हात लगाउँन सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँनाले बोलैरै राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा जीवन सथिको सहयोगले अगाडि बढ्न मद्दत गर्नेछ । पारिवारिक तथा सांगितिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । तपार्ईँको दिन शुभ रहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *