कोरोना बि’रुद्ध ४० लाख डोज चिनियाँ खोप ‘भेरोसेल’ खरीदका लागि सम्झौता, असार २४ देखि आपूर्ति हुने

जानकारी राष्ट्रिय

काठमाडौं । नेपाल सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग कोरोना खोप भेरोसेल खरीदका लागि सम्झौता गरेको छ । सिनोर्फमसँग खोप खरिदको सम्झौता भएको एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले यसको औपचारिक जानकारी दिएका हुन् । सरकार र सिनोफार्म बीच ४० लाख डोज खोप खरिदको सम्झौता भएको हो । तर उक्त खोप कति मूल्यमा खरिद सम्झौता भयो भन्ने बारे केहि खुलाइएको छैन ।

सम्झौता अनुसार आगामी असर २४ गते देखि नै खोप आपूर्ति सुरु हुने र प्रत्यक हप्ता खोप आइपुग्ने विज्ञप्तिमा उल्लेख छ । हालसम्म कूल ४२ लाख ४८ हजार मात्रा खोप छिमेकी मित्र रास्ट्रहरु र Gavi COVAX Facility बाट सहयोग स्वरूप प्राप्त गरि तथा नेपाल सरकारले खरिद गरि कोभिड-१९ विरुद्धको राष्ट्रिय खोप योजना अनुसार लक्षित समूहहरुलाई विभिन्न चरणमा खोप लगाईसकिएको मन्त्रालयले जनाएको छ । हाल सम्म कुल जनसंख्याको २५.७४.७१५(९४) पहिलो मात्रा र ७.५७,३८०(३४) लाइ दोस्रो मात्रा खोप प्रदान गरि सकिएको छ ।

मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ति : कोभिड-१९ को विश्वव्यापी महामारीको यस कठिन अवस्थामा नेपाल सरकार नेपाली जनतालाई कोभिड-१९ विरुद्धको खोप समयमै उपलब्ध गराउन प्रतिवद्ध रहेको छ । नेपाल सरकारद्वारा सोहि प्रतिवद्धता अनुसार खोप प्राप्तिका लागि सम्भव सबै विकल्पहरु अपनाई कोभिड-१९ विरुद्धको खोप अभियानलाइ निरन्तरता प्रदान गरिएको छ । सोहि क्रममा Gavi COVAX Facility, कोभिड-१९ खोप उत्पादक मुलुक, उत्पादक कम्पनीहरु तथा तिनका वितरकहरुसंग खोपको प्राप्ति तथा खरिदका लागि निरन्तर संवाद तथा छलफल हुँदै आएको छ ।

हालसम्म कूल ४२ लाख ४८ हजार मात्रा खोप छिमेकी मित्र रास्ट्रहरु र Gavi COVAX Facility बाट सहयोग स्वरूप प्राप्त गरि तथा नेपाल सरकारले खरिद गरि कोभिड-१९ विरुद्धको राष्ट्रिय खोप योजना अनुसार लक्षित समूहहरुलाई विभिन्न चरणमा खोप लगाईसकिएको छ । जस अनुसार यहि २०७८ आषाढ २२ गते देखी VEROCELL खोपको दोस्रो मात्रा प्रदान गरिदै छ । आज सम्म कुल जनसंख्याको २५.७४.७१५(९४) पहिलो मात्रा र ७.५७,३८०(३४) लाइ दोस्रो मात्रा खोप प्रदान गरि सकिएको छ ।

पछिल्लो समय खोप प्राप्त गर्ने सन्दर्भमा नेपाल सरकारबाट चीनको बेइजिंग स्थित साईनोफार्म कम्पनिसंग खोप खरिदको लागि भएको सम्झौता अनुसार २०७८ असार २४ गतेबाट खोप आपूर्ति सुरु भई तत्पश्चात साप्ताहिक रुपमा विभिन्न चरण मार्फत खोप आपूर्ति गर्ने तयारी भएको छ । खोपको निरन्तर आपूर्तिबाट कोभिड-१९ विरुद्धको खोप अभियान सुचारु हुने गरी व्यवस्था मिलाइएको छ । यसका साथै Gavi COVAX Facility बाट समेत छिट्टै थप खोप प्राप्त गरि कोभिड-१९ विरुद्धको खोप कार्यक्रमको विस्तार हुने व्यहोरा सवैमा जानकारीको लागि अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *