१२ बर्षपछि करोडपति बुबा सडकबाट घर फर्किए, मिडियामा बोले छोरा ! हे’र्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

काठमाडौँमा दुई-दुई वटा घर भएका मानिस पनि मंदिरमा भिख मागेर गुजारा गरिरहेका छन भन्दा धेरैलाई पत्यार नलाग्ला । तर ७० वर्षीय दामोदर प्रसाद अधिकारीको जीवन भने त्यस्तै छ । उनि विगत १२-१३ वर्ष देखि घरमा नगई यसरी नै जीवन बिताउदै आएको बताउछन ।

नेपाल टेलिभिजनमा सुब्बाको जागिर खाएको बताउने उनले घरमा किचलो भएकै कारण जागिर पाच महिना बाकी छदै राजिनामा दिएर हिडेको बताउछन ।कुमारीगाल वडा नम्बर ७ मा घर भएपनि त्यहा आफ्नो श्रीमती र दुई छोरा बस्ने गरेको अधिकारी बताउछन । एक छोरीको भने विवाह भइसकेको उनले बताए ।

काठमाडौँमा ४-५ करोडको घर जग्गा भएको व्यक्ति कसरी सडकमा आइपुग्नु भयो भनेर गरिएको प्रश्नमा उनि भन्छन – ‘श्रीमतीबाट भएको मानसिक तनावले गर्दा घर छोडे ।’ श्रीमतीले जहिले पनि पैसा पैसा मात्र भन्ने तर आफुसंग गर्ने ब्यबहार अत्यन्तै नकारात्मक भएपछि दिक्क भएर घर छोड्ने निर्णय गरेको उनि बताउछन । मिडियामा आएपछि अधिकारीको जेठो छोराले बुबालाई घर लिएर गएका छन। करिब १२-१३ वर्षको सडक बसाई पछी अन्तत उनि घर फर्किएका छन ।

भिडियो यहाँबाट हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *