बङ्गलादेशमा आइतबार छ हजारभन्दा बढी कोरोना स’ङ्क्रमित, १३४ को मृ’त्यु

अन्तर्राष्ट्रिय जानकारी समाचार

बङ्गलादेमा पछिल्लो २४ घण्टामा थप कोभिड–१९ सङ्क्रमितको सङ्ख्या छ हजार २१४ पुगेको छ । यो सँग बङ्गलादेशमा आइतबारसम्ममा कोरोना भाइरस स’ङ्क्रमित व्यक्तिको कूल सङ्ख्या नौ लाख ३६ हजार २५६ पुगेको छ । पछिल्लो २४ घण्टामा स’ङ्क्रमित १३४ जनाको मृ’त्यु भएको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले पुष्टि गरेको छ ।

सरकारको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ का २२ हजार २८७ नमूना परीक्षण भएका थिए । श्रीलङ्कामा अहिलेसम्म कोभिड–१९ स’ङ्क्रमण पछि निको हुनेको सङ्ख्या आठ लाख २९ हजार १९९ पुगेको छ भने आइतबार तीन हजार ७७७ व्यक्ति कोभिड सङ्क्रमण मुक्त भएका महानिर्देशनालयले जनाएको छ ।

आधिकारिक तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमित १.५९ प्रतिशत व्यक्तिको मृत्यु भएको छ भने ८८.५७ प्रतिशत विरामी पूर्ण रूपमा निको भई घर फर्किएका छन् । बङ्गलादेशमा यसै बर्षको जुन ३० मा एकै दिनमा सबैभन्दा बढी आठ हजार ८२२ सङ्क्रमित भएका थिए भने जुलाई १ मा सबैभनदा बढी १४३ सङ्क्रमितको मृत्यु भउको थियो । रासस

यो पनि – तालिबान समूहले कन्दहार जिल्ला नियन्त्रणमा लियो – अफगानिस्तानको प्रमुख विद्रोही तालिबान समूहले रातभरको सङ्घर्ष पश्चात् कन्दहार जिल्लालाई आफ्नो नियन्त्रणमा लिएको छ । अमेरिकी सेनाले यही जुलाई महिनाभित्रै अफगानिस्तान छाड्ने तयारी गरेसँगै तालिबान समूहले अफगानी सरकारी सेनाविरुद्ध आक्रामक कारबाहीलाई तिब्र बनाएको छ । कन्दहारलाई तालिबानी समूहले आफ्नो प्रमुख गढको रुपमा लिने गर्दछन् ।

गत मे महिनादेखि नै अफगानिस्तानका ग्रामीण क्षेत्रहरुलाई तालिबान समूहले आफ्नो नियन्त्रणमा ल्याउने अभियान सफलतापूर्वक सञ्चालन गरिरहेका छन् ।
काबुल नजिकैको बघराम हवाई मैदान अमेरिकी र नेटो सैनिकले खाली गरेको दुई दिनभित्रै कन्दहार प्रान्तको दक्षिणी पन्जवाई जिल्लालाई तालिबानीहरुले नियन्त्रणमा लिएका छन् । बघराम हवाई मैदानबाट अमेरिकी सेनाले तालिबान र अल–कायदा विरुद्ध दुई दशक हवाई आ’क्रमण गर्ने गरेको थियो । विगत केही वर्षदेखि तालिबान र अफगान सैनिकबीच पन्जवाई जिल्लालाई नियन्त्रणमा लिन पटक पटक संघर्ष हुँदै आएको छ । कन्दहार प्रान्तलाई तालिबान समूहले आफ्नो जन्मभूमिका रुपमा लिने गरेको छ ।

पञ्जवाई जिल्लाका गभर्नर हास्ती मोहम्मदले तालिबान समूह र अफगान सेनाबीच रातभर गो’ली हा’नाहान भएको र बिहान अफगान सेनाले जिल्ला छाडेको जानकारी दिनुभयो । उहाँले तालिबान समूहले जिल्ला प्रहरी मुख्यालय र गभर्नरको कार्यालयलाई क’ब्जामा लिएको बताउनुभयो । कन्दहारका प्रान्तीय परिषदका प्रमुख सईद जान खाक्रीवालले पनि पञ्जवाई जिल्ला तालिवानको नियन्त्रणमा गएको पुष्टि गर्दै सरकारी फौजले जानाजान जिल्ला छाडेको आरोप लगाउनुभयो ।

हालैका साताहरुमा अफगानिस्तानका धेरै प्रान्तमा सङ्घर्ष भइरहेका छन् र देशका ४०० मध्ये १०० भन्दा बढी जिल्ला आफ्नो नियन्त्रणमा लिइसकेको तालिवानले दाबी गरेको छ । बघराम हवाई मैदान खाली गरेसँगै तालिबान समूहले नयाँ क्षेत्रहरु आफ्नो नियन्त्रणमा लिन थप संघर्ष गर्ने अनुमान गरिएको छ । सरकारी फौजले बघराम हवाई मैदानलाई आ’तंकवाद विरुद्ध ल’ड्न प्रयोगमा ल्याइने बताएको छ । आफूहरुले विमानस्थलको राडार प्रणालीलाई पुनः सञ्चालनमा ल्याइसकेको सेनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *