दोहोरी साँझमा काम गरेको २–३ वर्षपछि ‘सेकेन्ड ह्याण्ड’ स्कुटर किनेर संघर्ष गरेका प्रकाश सपुतले कलाकारिताबाट नै किने ४९ लाखको कार, शोरुम बाटै बुबाआमालाई चढाएर पुगे दक्षिणकाली दर्शन गर्न ! हे’र्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

‘गलबन्दी च्यातियो तिम्ले तानेर’ गितबाट देशविदेशमा परिचित भएका गायक प्रकाश सपुतले आफ्नो पहिलो कार खरिद गरेका छन । उनको ‘दोहोरी ब्याटल’, ‘बोल माया’, ‘गलबन्दी’, ‘बदला बरिलै’ हुँदै ‘मेरो पनि होइन र यो देश ?’ गित सुपरहिट नै बने ।

उनै गायक सपुतले ४९ लाख रुपैयामा सेतो कालो कलरको हुन्डाई क्रेटा खरिद गरेका हुन् । आज सम्म मोटरसाइकलमा यात्रा गर्ने गायक सपुतले दमदार कार किनेपछि शोरुमबाट बुबाआमा, श्रीमती छोरी लगायतलाई चढाएर सिधै दक्षिणकाली मन्दिर दर्शनमा लागेका थिए । छोराले कार किनेपछि बुबाआमाले आफुहरु निक्कै खुसि भएको बताएका छन ।

केहि वर्ष अगाडी काठमाडौँ छिरेका गायक सपुतले धेरै समय अरु सर्बसाधारण झैँ सार्बजनिक यातायातमा यात्रा गरे । बल्ल तल्ल दोहोरी साँझमा काम पाएका उनले दोहोरी साँझमा काम गरेको दुईतिन वर्षपछि ‘सेकेन्ड ह्याण्ड’ स्कुटर किनेका थिए ।

अझै मेहेनत गरेर त्यसको केही वर्ष उनले ‘सेकेन्ड ह्याण्ड’ मोटरसाईकल किनेका सपुतले अन्तत आफ्नो सपनाको कार किन्न सफल भएका छन । गाडी किनेपछि गायक सपुतले खुसि साट्दै सामाजिक संजालमा लेखेका छन – ‘सपना, संघर्ष, सिर्जना, सफलता मेरो ! साथ, सहयोग, शुभेच्छा तपाईहरुको । सपना देख्नेहरुलाई हौसला हुनसक्छ – “ कलाकार मात्रै भएर पनी कार चढ्न सकिन्छ है। “

जिवनको पहिलो गाड़ी ।’ जीवनको पहिलो कार खरिद गरेपछि उनले आफ्नो युट्युब च्यानलमा एउटा भिडियो समेत बनाएर राखेका छन । भिडियो यहाँबाट हेर्नुहोस:

Leave a Reply

Your email address will not be published. Required fields are marked *