देउबा सरकारको पहिलो प्राथमिकता खोप : तत्कालै १८ वर्षमाथिका सबै नागरिकलाई नि:शुल्क कोरोनाविरुद्धको खोप दिइँदै (मन्त्रालयको सार्बजनिक सूचना सहित)

जानकारी राष्ट्रिय

काठमाडौं, २ साउन । नविनयुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले कोरोना भाइरस विरुद्धको खोप अभियानलाई तीव्रता दिने निर्णय गरेको छ । उक्त सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले यसै वर्ष सबै नागरिकलाई नि:शुल्क कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको हो । मन्त्रि परिषद्को निर्णयसँगै मातहतका निकायले कामलाई तीव्रता दिएको स्वास्थ्य तथा जनसंख्या मनत्रलायले जनाएको छ ।

हाल ५५ वर्षमाथिका नागरिकहरुलाई खोप दीईरहेको सरकारले अब तत्कालै १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने गरी तयारी थालेको छ । उक्त योजना अनुसार आवश्यक खोपको समेत व्यवस्थापन भैसकेको र केही जिल्लामा खोप पठाइसकिएको मन्त्रालयले जनाएको छ । यही साउन ६ गतेसम्म चीनबाट खरिद गरिएको थप खोप आइपुग्ने छ भने १६ गतेसम्म थप ३२ लाख खोप भित्रिसक्ने छ ।

त्यसपछि पनि निरन्तर आवश्यक खोप आउने मन्त्रालयले जनाएको छ । थप हेर्नुहोस् सुचनामाः

Leave a Reply

Your email address will not be published. Required fields are marked *