आज अमेरिका, साउदी, यूएई, कुवेत र मलेसिया सहित धेरै देशका मुद्राको भाउ बढ्यो……

अर्थबजार जानकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैँकका अनुसार आज अमेरिकी डलर सहित प्राय सबै देशका मुद्राको भाउ बढेको छ ।
आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३६ पैसा रहेको छ ।

यूरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ १९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९० पैसा रहेको छ । यूके पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ७३ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ६७ पैसा बिक्रीदर ३१ रुपैयाँ ८३ पैसा तोकेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तैगरी, यूएइ दिराम एकको खरिददर ३२ रुपैयाँ ३३ पैसा तथा बिक्रीदर ३२ रुपैयाँ ५० पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १४ पैसा तथा बिक्रीदर २८ रुपैयाँ २८ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ३९५ रुपैयाँ ३३ पैसा तथा बिक्रीदर ३९७ रुपैयाँ ३२ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३१५ रुपैयाँ २ पैसा तथा बिक्रीदर ३१६ रुपैयाँ ६१ पैसा रहेको छ ।

कुन देशको मुद्राको दर कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *