आजको राशिफल हेर्नुहोस् : मिति २०७८ साल साउन १९ गते मंगलबार तदनानुसार ईश्वी सन् २०२१ अगष्ट ०३ तारिख

जानकारी धर्मदर्शन राशिफल

आज मिति २०७८ साल साउन १९ गते दशमी तिथि, श्रावण कृष्णपक्ष, मंगलबार । तदनुसार ३ अगष्ट सन् २०२१ । दिल्लागा, नेपाल संवत् ११४१ । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर २८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४९ मिनेट । दिनमान ३३ घडी २४ पला । ग्रह गोचर अनुसार आज कुन राशिका लागि शुभ र कुन राशिका लागि अशुभ छ ? हेर्नुहोस् दैनिक राशिफल ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने सम्भावना छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेमीको सहयोग प्राप्त हुनेछ । छोटो यात्रा पनि होला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । साथीभाईको विशेष सहयोग रहनेछ । शुभ समाचार सुन्न पाउनु हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पारिवारिक पुनर्मिलनको योग छ । दाजुभाईबीचको बादविवाद मिल्नेछ । आर्थिक क्षेत्र कमजोर बन्न सक्छ । चोटपटकको भय भएकाले यात्रामा साबधानी अपनाउनु होला । अध्ययन अध्ययापन सफल हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँ अवसर आउन सक्नेछन् । रमणीय यात्राको योग छ । धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछ । प्रणय सम्बन्ध श्रेष्ठकर हुने योग छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) शुभ समाचार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । सन्तान सुखको योग छ। अधुरा कार्यहरू पूरा हुँदै जानेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बोलीको प्रभाव बढे पनि अनर्थ लाग्न सक्छ, सचेत रहनुहोला । आँटेको र ताकेको कार्य पुरा होला । आफ्ना योजना गोप्य राखेर अघि बढ्नु उत्तम हुनेछ । आर्थिक क्षेत्र सफल हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) उपहार प्राप्त होला ।बादबिवादमा तपाईँकै जित होला । शुभकार्यको चर्चा चल्नेछ । मिष्ठान्न भोजन प्राप्त होला । प्रेममा सफलता प्राप्त हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अधुरो काम पूरा हनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आर्थिक पक्ष राम्रो बन्नेछ । पराक्रम बढ्नेछ । अरूलाई प्रभावित गरेर काम लिन सकिनेछ । आफन्तहरूसँग भेटघाटको अवसर मिल्नेछ । अधुरा कार्यहरू पुरा होलान् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) मनमा हर्ष,उमङ्ग र उत्साह रहला । पदोन्नतीको योग छ । राजनीतिक क्षेत्रमा सफलता प्राप्त हुनेछ । वित्तीय संस्थाबाट सहयोग मिल्ला । वैदेशिक कार्य अघि बढ्नेछ । आज रमणीय र सुखद् यात्राको योग छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आज मन खिन्न हुने स्थिति आउनेछ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। व्यवसायिक स्थितिमा गिरावट आउनसक्छ। तपार्ईँको दिन शुभ रहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *