बिदेशी मुद्राको बिनिमयदरः आज मंगलबारको दिन बढ्यो कि घट्यो विदेशी मुद्राको भाउ…..

अर्थबजार जानकारी

आज मंगलबारको दिन बढ्यो कि घट्यो विदेशी मुद्राको भाउ ? नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । आजको विनिमयदर अनुसार सोमबारको तुलनामा धेरै देशका मुद्राको भाउ ओरालो लागेको छ । राष्ट्र आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११९ रुपैयाँ २५ पैसा रहेको छ ।

यूरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७८ पैसा रहेको छ। यूके पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७७ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ६४ पैसा बिक्रीदर ३१ रुपैयाँ ८० पैसा तोकेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५ पैसा र बिक्रीदर ३२ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तैगरी, यूएइ दिराम एकको खरिददर ३२ रुपैयाँ ३० पैसा तथा बिक्रीदर ३२ रुपैयाँ ४७ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ८ पैसा तथा बिक्रीदर २८ रुपैयाँ २२ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ३९४ रुपैयाँ ८९ पैसा तथा बिक्रीदर ३९६ रुपैयाँ ८९ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३१४ रुपैयाँ ७३ पैसा तथा बिक्रीदर ३१६ रुपैयाँ ३२ पैसा रहेको छ ।

यो पनि हेर्नुहोस्ः आज सुनचाँदीको भाउ कति छ ? हेर्नुहोस् प्रति तोला कतिमा कारोबार हुँदैछसाताको तेस्रो दिन अर्थात आज मंगलबारको दिन नेपाली बजारमा सुनको भाउ स्थिर छ । हिंजो सोमबार प्रतितोला १ सय रुपैयाँले घटेको सुनको भाउ आज भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । छापावाल सुन हिजो सोमबार पनि यही मूल्यमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन हिजो पनि यही मूल्यमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ भने घटेको छ । आज चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो भने प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । लामो समयको कोरोना महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *