महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर यसरी भत्काइयो, छोराको भावुक स्टाटस ! हे’र्नुहोस् (फोटो सहित)

जानकारी राष्ट्रिय समाज

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको दशकौ पुरानो घर भत्काइएको छ । काठमाडौँको मैतीदेवीस्थित रहेको उक्त घर देवकोटा संग्रहालय बनाउनका लागि भत्काउन थालिएको हो । कविकुञ्ज नाम दिइएको देवकोटा निवासलाई नेपाल प्रज्ञा प्रतिष्ठानको पहलमा संग्रहालय बनाइँदै छ । महाकवि देवकोटा र उहाँका परिवार सोहि घरमा लामो समय बसेका थिए ।

देवकोटाको उक्त पुरानो घर भत्काउदा महाकवि देवकोटा पुत्र पद्म देवकोटाले दुःख व्यक्त गर्नुभएको छ । अंग्रेजी साहित्यका प्राध्यापक डाक्टर पद्म देवकोटाले पुरानो घर भत्किदा निक्कै भावुक स्टाटस समेत लेखेका छन । ‘आफू जन्मेको, हुर्केको घर भत्काएको देख्दा मनमा अनेकौ तरंग उत्पन्न हुँदा रहेछन् । दुख्दो पनि रहेछ । कोठा–कोठाको याद वैरिएर आएका छन्, यसपालि ।’ – देवकोटा लेख्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *