विदेशी मुद्राको विनिमयदरः आज कति पुग्यो अमेरिकी डलर सहित अन्य देशको मुद्राको भाउ…..

अर्थबजार जानकारी

काठमाडौँ । आज मिति २०७८ साल साउन २१ गते बिहीबारको दिन नेपाली बजारमा अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर घटेको छ । नेपाल राष्ट्र बैंकले तोके अनुसार आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४० पैसा र बिक्रीदर ११९ रुपैयाँ रहेको छ । यूरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ३७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९ पैसा रहेको छ ।

आजको दिन यूके पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७७ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५७ पैसा बिक्रीदर ३१ रुपैयाँ ७३ पैसा तोकेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै गरी आज यूएइ दिराम एकको खरिददर ३२ रुपैयाँ २३ पैसा तथा बिक्रीदर ३२ रुपैयाँ ४० पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४ पैसा तथा बिक्रीदर २८ रुपैयाँ १९ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३९४ रुपैयाँ १८ पैसा तथा बिक्रीदर ३९६ रुपैयाँ १८ पैसा रहेको छ ।बहराइन दिनार एकको खरिददर ३१४ रुपैयाँ ५ पैसा तथा बिक्रीदर ३१५ रुपैयाँ ६५ पैसा रहेको छ ।

कुन देशको मुद्राको दर कति ? हेर्नुहोस् तालिका सहितः

Leave a Reply

Your email address will not be published. Required fields are marked *