आज सुनको भाउ घट्यो कि बढ्यो ! हेर्नुहोस् प्रति तोला मूल्य सहित…..

अर्थबजार जानकारी

काठमाडौँ । साताको पाँचौ दिन अर्थात आज बिहीबारको दिन नेपाली बजारमा सुनको भाउ स्थिर छ । हिंजो बुधबार प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको भाउ आज भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । छापावाल सुन हिजो पनि यही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै आजको दिन तेजावी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन हिजो पनि यही मूल्यमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ भने घटेको छ । आज चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । लामो समयको कोरोना महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ हुने गरेको छ ।

यो पनि हेर्नुहोस्ः विदेशी मुद्राको विनिमयदरः आज कति पुग्यो अमेरिकी डलर सहित अन्य देशको मुद्राको भाउ…..आज मिति २०७८ साल साउन २१ गते बिहीबारको दिन नेपाली बजारमा अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर घटेको छ । नेपाल राष्ट्र बैंकले तोके अनुसार आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४० पैसा र बिक्रीदर ११९ रुपैयाँ रहेको छ । यूरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ३७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९ पैसा रहेको छ ।

आजको दिन यूके पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७७ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५७ पैसा बिक्रीदर ३१ रुपैयाँ ७३ पैसा तोकेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै गरी आज यूएइ दिराम एकको खरिददर ३२ रुपैयाँ २३ पैसा तथा बिक्रीदर ३२ रुपैयाँ ४० पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४ पैसा तथा बिक्रीदर २८ रुपैयाँ १९ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३९४ रुपैयाँ १८ पैसा तथा बिक्रीदर ३९६ रुपैयाँ १८ पैसा रहेको छ ।बहराइन दिनार एकको खरिददर ३१४ रुपैयाँ ५ पैसा तथा बिक्रीदर ३१५ रुपैयाँ ६५ पैसा रहेको छ ।

कुन देशको मुद्राको दर कति ? हेर्नुहोस् तालिका सहितः

Leave a Reply

Your email address will not be published. Required fields are marked *