आजको विनिमयदरः घट्यो कि बढ्यो अमेरिकी डलर सहित अरु देशहरुको मुद्राको भाउ ! हेर्नुहोस् (तालिका सहित)……

अर्थबजार जानकारी

काठमाडौँ । आज मिति २०७८ साल साउन २३ गते शुक्रबारको दिन नेपाली बजारमा अमेरिकी डलर सहित प्राय जसो सबै देशको विनिमयदर घटेको छ ।नेपाल राष्ट्र बैंकले तोके अनुसार आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ३७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९७ पैसा रहेको छ । यूरोपियन युरो एकको खरिददर १४० रुपैयाँ २० पैसा र बिक्रीदर १४० रुपैयाँ ९१ पैसा रहेको छ ।

यूके पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६२ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५६ पैसा बिक्रीदर ३१ रुपैयाँ ७२ पैसा तोकेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै गरी यूएइ दिराम एकको खरिददर ३२ रुपैयाँ २३ पैसा तथा बिक्रीदर ३२ रुपैयाँ ३९ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ७ पैसा तथा बिक्रीदर २८ रुपैयाँ २१ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३९३ रुपैयाँ ९५ पैसा तथा बिक्रीदर ३९५ रुपैयाँ ९५ पैसा रहेको छ ।बहराइन दिनार एकको खरिददर ३१३ रुपैयाँ ९८ पैसा तथा बिक्रीदर ३१५ रुपैयाँ ५७ पैसा रहेको छ।

कुन देशको मुद्राको दर कति ! हेर्नुहोस् तालिका सहितः

Leave a Reply

Your email address will not be published. Required fields are marked *