आज ह्वात्तै घट्यो सुनको भाउ ! हेर्नुहोस् तोलाको यतिमा हुंदैछ कारोबार……

अर्थबजार जानकारी

काठमाडौँ । आज साताको पहिलो दिन अर्थात आइतबारको दिन नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । गत शुक्रबारको दिन प्रतितोला ५ सय रुपैयाँले घटेको सुनको भाउ आज भने प्रतितोला १५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । छापावाल सुन हिजो प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन हिजो प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

लामो समयको कोरोना महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *