सपनामा ‘मन्दिर गएको’ देख्नुको खास अर्थ यस्तो हुन्छ…..

जानकारी धर्मदर्शन समाज

वास्तवमा भन्नुपर्दा, ‘सपना’ भनेको हाम्रो अवचेतन मनमा भएका कुराहरूलाई हामी सामुन्ने देखाउने श्रोत हो भन्न सकिन्छ । हरेक संस्कृतिले ‘सपना’लाई भिन्नाभिन्नै दृश्टिकोणले हेर्ने गर्दछ भने हरेकले आफ्नै तरिकाले सपनालाई व्याख्या गर्ने गर्दछ ।

मन्दिरको सपनालाई सही तरिकाले अथ्र्याउनको लागि, तपाईँको जीवनमा के–कस्ता घटनाहरू घटिरहेका छन् भनेर ध्यान दिनु जरुरी हुन्छ । तपाईँले कस्तो किसिमको मनोवैज्ञानिक अनुभवहरू भोगिराख्नुभएको छ अनि ‘मन्दिरको सपना’को प्रकृति कस्तो छ भनेर पनि बुझ्नुपर्दछ । तब मात्र सहित अर्थ लगाउन सकिन्छ ।

भाकल: कहिलेकाहिँ, मन्दिरको सपनालाई अलौकिक शक्ति र ‘भगवान’ले मानिससँग अन्तरक्रिया गर्न खोजिरहेका छन् भन्ने बुझ्न सकिन्छ । सपनामा मन्दिर देख्दा भगवानले दिएको आशिर्वादको बदलामा ‘धन्यवाद’ दिन बाँकी छ भनेर पनि बुझ्न सकिन्छ । त्यसैले, आफ्ना अतीतलाई याद गर्नुहोस्। कतै तपाईँले मन्दिरमा गएर केहि कुराको ‘भाकल’ पो गर्नुभएको थियो कि? यदि त्यस्तो बाँकी छ भने, कुनै बिलम्ब नगरी भाकल गरेको मन्दिर जानुहोस् अनि ऋण चुक्ता गर्नुहोस्।

दिव्य आश्वासन: कहिलेकाहिँ, मन्दिरको सपना देख्दा तपाईँलाई कसैले संरक्षण गरिरहेको छ, अथवा कसैले तपाईँलाई आश्वासन दिइरहेको छ भनेर पनि बुझ्न सकिन्छ । मनोवैज्ञानिक हिसाबले हेर्नुपर्दा, जब तपाईँ दुविधामा पर्नुहुन्छ अनि कसैको सहाराको आश गर्नुहुन्छ भने सपनामा मन्दिर देख्नुहुन्छ ।

यसको मतलब तपाईँलाई कसैले सुरक्षा दिएर राखिरहेको छ भन्न सकिन्छ र तपाईँले आफ्ना सबै पीर-चिन्तालाई भुलेर जीवनमा अगाडि बढ्न सक्नुहुन्छ । यदि तपाईँ धार्मिक हुनुहुन्छ अनि भगवानप्रति विश्वास गर्नुहुन्छ भने नजिकैको मन्दिरमा गएर भगवानको दर्शन गर्न पनि सक्नुहुन्छ, ताकी तपाईँको विश्वास अझ बलियो होस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *