अन्ततः विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त……

जानकारी राष्ट्रिय

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन्। सोमबारको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्ति दिएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मन्त्रिपरिषद्मा पेश गरेको प्रस्ताव अनुसार घिसिङलाई नियुक्ति दिइएको हो । मन्त्री भुसाले नै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाउने प्रस्ताव गरेकी थिइन् ।

शाक्यको सम्मानजनक बहिर्गमनका लागि प्राधिकरणमा खाईपाई आएको तलब सुविधा दिने गरी आयोगमा पठाउने प्रस्तावप्रति अर्थको सहमति आवश्यक पर्छ । अर्थमन्त्री जनार्दन शर्मा मन्त्रिपरिषद्को बैठकमा उपरिस्थत नभएकोले त्यसको माइन्युट हिजोको बैठकमा नभएको स्रोतको भनाइ छ । यस अनुसार प्रधाकिरणबाट शाक्य आज विदा भएर निस्केका छन् ।

त्यस्तै कुलमान घिसिङले भने आज नै कार्यभार सम्हाल्ने तयारी गरेका थिए। तर पत्र नपाएकोले कार्यभार सम्हाल्ने कार्यक्रम रोकिएको छ । सम्भवत उनले भोलि आर्थात बुधबार कार्यभार सम्हाल्नेछन् ।

यो पनि हेर्नुहोस्ः हात जोडेर ओलीको आग्रह– ‘प्लिज, एमालेका केही व्यक्तिलाई मन्त्री बनाइदिनुहोस्’! नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका केही सांसद्ले मन्त्री बन्न पाउँ भन्दै प्रधानमन्त्री देउवासँग आग्रह गरेको भन्दै व्यङ्ग्य गरेका छन् । प्रतिनिधि सभाको आज मङ्गलवारको बैठकमा अध्यक्ष ओलीले मन्त्री पाउँ भन्दै केही सांसदले रात–दिन प्रधानमन्त्री देउवाको चाकडी गरिरहेको भन्दै हात जोडेरै मन्त्री बनाइदिन व्यङ्गात्मक आग्रह गरेका हुन् ।

देउवासँग हात जोड्दै ओलीले भने, ‘मेरै पार्टीका केही मान्छेहरू पाउँला र खाउँला भनेर कुदेका छन् । हिरिक हिरिक हिरिक भएका छन्, यति त गराइसक्नुभयो, पछि त लगाइसक्नुभयो । कुद्या कुद्यै छन्, फ्याँफ्याँ भएका छन् । बिहान बेलुका चाकरी बजाइरहेका छन् । मेरो दलमा अलिकति घाटा भएमा सहुँला बुझाउन मन्त्री दिनुस्, प्लिज।’

मंगलबार संसद्मा बोल्दै निवर्तमान प्रधानमन्त्री देउवाले सरकारले एक महिनासम्म बधाई साटासाट गरेर मात्रै बिताएको समेत आ’रोप लगाए । ओलीले संसदमा बोल्दै भने, “अहिले बनेको गठबन्धनको सरकारले एक महिनासम्म बधाइ साटा साट गरेर बितायो । विकासका काममा यो एक महिना खेर गयो । अझै कति महिना यस्तै होला । हामी आगामी निर्वाचनमा सिंहदरबारको मुल गेटबाटै बहुमत सहित प्रवेश गछौँ । यो चोर बाटोबाट बनेको सरकारले केही गर्न सक्दैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *