निषेधाज्ञामा भदौ ८ गतेसम्म थपियो : के खुल्ने, के नखुल्ने ? हे’र्नुहोस् (सूची सहित)

जानकारी राष्ट्रिय

काठमाडौँ । कोभिड–१९ सं’क्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी नि’षेधाज्ञालाई भदौ ८ गतेसम्म थप भएको छ । मंगलबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले १० दिन निषेधाज्ञा थप गर्दै केही प्राबधानहरुमा कडाइ गर्ने निर्णय गरेको छ ।

निषेध गरिएका गतिविधिहरुः सबै प्रकारकार सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार नाचघर, क्लब लगायत धेरै मानिस भिडभाड हुने क्षेत्र खोल्न नपाइने । खुला स्थानमा मानिसहरु भेला भई भिडभाड गर्न,जुलुस, जात्रा महत्सव भोज भतेर लगायतका क्रियाकलाप गर्न नपाइने । पुजारीबाट हुने नृत्य पूजा बाहेकका अन्या धार्मिक तथा साँस्कृतिक गतिविकिहरु सञ्चालन गर्न नपाउने ।

शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा पठनपाठन गराउन नपाउने । स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न नपाउने । अत्यावश्यक बाहेकका अन्य निजी एवं सार्वजनिक सवारीसाधनहरु बेलुका ८ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्नुपर्नेछ । सञ्चालन गर्न पाउने गतिविधिहरु ।

व्यवसायको हकमाः औषधी तथा स्वास्थ्य सामाग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्बाध रुपमा संचालन गर्ने । औषधी पसल बाहेक अन्य व्यवसायहरु साँझ ७ : ०० बजेसम्म सञ्चालन गर्न पाइने । अत्यावश्यक वस्तुको अनलाइन अर्डर, रेष्टुरेण्ट एव फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि काठमाडौँ उपत्यका भित्र साँझ ७ः०० बजेसम्म सञ्चालन गर्ने ।

देशभर बढ्यो कोरोना संक्रमण, २४ घन्टामा थपिए ४ हजार ९०४ सं’क्रमित ! पछिल्लो २४ घन्टामा नेपालमा थप ४ हजार ९ सय ४ जनामा कोरोना सं’क्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा १९ हजार १२३ नमूना परीक्षण गर्दा ४९०४ जनामा सं’क्रमण पुष्टि भएको हो ।

५९ सय ६ नमूनाको एन्टिजेन विधीबाट परीक्षण गर्दा १७ सय १० जना र १३ हजार २१७ नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३१ सय ९४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ३५ जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ । यो सहित कोरोनाबाट मृ’त्यु हुनेको संख्या १० हजार १५० पुगेको छ । पछिल्लो २४ घन्टामा २१ सय १५ जना कोरोनामुक्त भएका छन् । आज मात्रै काठमाडौं उपत्यकामा एक हजार १८६ कोरोना भाइरसका सं’क्रमित थपिएका छन् । यो एकैदिन थपिएका सं’क्रमितको संख्या पछिल्लो समयको सबैभन्दा धेरै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *