साप्ताहिक राशिफल हेर्नुहोस : साउन २४ गते आईतबारदेखी साउन ३० गते शनिबारसम्मको

जानकारी धर्मदर्शन राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बुधबार दिउँसोबाट समय राम्रो रहेकोले नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने आर्थिक ब्याबस्थापनका मुद्दाहरु सजिलै हल गर्न सकिनेछ । समाजसेवी तथा राजनिती गर्नेहरुले जनताको समर्थन पाउने तथा प्रतिपर्धिहरुलाई सजिलै हराउन सक्नेछन् ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)बुधबार साझदेखि समय मध्ययम रहेकोले स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखा पर्ने तथा औषधि खर्च बढेर जानेछ । यात्रा गर्दा ध्यान दिनुहोला तपाईको यात्रा कष्टपुर्ण हुन सक्छ । बिदेशमा बसेर समय लगानि गर्नेहरुले भने व्यापार तथा नोकरि गरि राम्रो आम्दानि गर्न सक्नेछन् ।

मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा) आम्दानिका स्रोतहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । खनिज पदार्थ सँग सम्बन्धित बस्तुहरुको कारोबारबाट मनग्गे फाईदा हुनेछ । साताको अन्तमा लामो दुरिको बिदेश यात्राको अधिक सम्भावना रहेकोछ ।
कर्कट (ही,हू ,हे,हो,डा,डी,डु,डे,डो) आर्थिक ब्याबस्थापनको अभावले व्यापार व्यावसायमा आउँने बिभिन्न अवसरहरु गुम्नेछन् । तपाई आफ्नै कारणले घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । ऋण,रोग तथा संकटको सामाना गर्नुपर्नेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पढाई लेखाईमा आफ्नो फितलो उपस्थितिले गर्दा अरु भन्दा पछि परिने सम्भावना रहेको छ । प्रेम प्रसङगमा घटपट आउँने तथा आफुले मन पराएको मानिसलाई समय दिन नसक्दा टाडिने सम्भावना रहेको छ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) तपाईका आन्तरिक सुचना तथा ब्यात्तिगत कुराहरु जनमानसमा आउँनेछ भने धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । शुक्रबार साझबाट समय तपाईकै पक्षमा आउँने हुदा योजनाहरु चुश्तरुपमा अगाडि बढ्नेछन् भने चुनौतिहरुका पर्खालहरु आफै ढल्नेछन् ।

तुला ( रा,री,रु,रे,रो,ता,ती,तू ,त) स्वास्थ्य सम्बन्धि समस्या आउँने हुदा दैनिक कामकाज गर्न गाह्रो महशुष हुनेछ । व्यापार व्यावसायमा लगानि गर्ने वाताबरण बन्ने भएपनि सोचेजस्तो आम्दानि गर्न निकै समय खर्चनु पर्नेछ ।
बृश्चिक (तो,ना,नी,नू ,ने,नो,या,यी,यू)शरिरमा स्फुर्ति बढ्नेछ भने नयाँ सिर्जनात्मक काम गर्ने जोस जागर बढेर आउँनेछ । मामा तथा मावलि पक्षबाट सहयोग पाईनेछ भने अरुबेला तपाईको कुरा काट्ने तथा खुट्टा तान्नेहरु तपाईकै प्रशंसा गर्दै हिड्नेछन् । हप्ताको अन्त्यमा पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

धनु (ये,यो,भा,भी,भू ,ध,फा,ढा,भे)प्रेम प्रसङगमा घटपट आउँने तथा आफुले मन पराएको मानिसलाई समय दिन नसक्दा टाडिने सम्भावना रहेको छ । शुक्रबारसाझ पछि समय तपाईकै पक्षमा आउँने हुनालेव्यापार व्यावसायमा लगानि बढाई भनेजस्तो नाफा कमाउँन सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साता मध्ययम रहेकोले ईष्टमित्र तथा आफन्तहरु तपाईको घमण्डी स्वभावले टाडिन सक्छन् ध्यान दिनुहोला । साथिभाई सँग अलि बढि रमाईलो गर्न खोज्दा गलत परिणम आउन पनि सक्छ ख्याल गर्नुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू ,से,सो,दा) बुधकार बेलुकाबाट समय तपाईकै पक्षमा आउँने हुनालेदाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउँन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सोमबार बिहानसम्मको समय मध्ययम रहेकोले काम गर्दा ख्याल गर्नुहोला मान सम्मान तथा प्रतिष्ठामा दाग लाग्न सक्छ । सुधारात्मक कार्यमा खर्च बड्नेछ । तपाईको दिन शुभ रहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *