भोलिको राशिफल हेर्नुहोस् : मिति २०७८ साल साउन ३२ गते सोमबार तदनानुसार ईश्वी सन् २०२१ अगष्ट १६ तारिख

जानकारी धर्मदर्शन राशिफल

भोलि मिति २०७८ साल साउन ३२ गते । सोमबार । ईश्वी सन् २०२१ अगष्ट १६ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– अष्टमी, बिहान ०७ बजेर १० मिनेट उप्रान्त नवमी । नक्षत्र– अनुराधा, रातको ०३ बजेर १५ मिनेट उप्रान्त ज्येष्ठा । योग– बम्ह, बिहान ०७ बजेर ०९ मिनेट उप्रान्त ऐन्द्र । करण– बव, बिहान ०७ बजेर १० मिनेट उप्रान्त बालव, बेलुकी ०५ बजेर ०६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मानस योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३९ मिनेट । दिनमान ३२ घडी ४० पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) तपाईले सुरु गर्नु भएको काममा आफ्ना भन्नेहरुले नै बाधा तथा अवरोध गर्न सक्छन् ध्यान दिनुहोला । समय र परिस्थितिको अध्ययन नगरि अरुको कुरामा दोडनाले दुख पाईनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बौद्धिकताको उपयोग गरि आफ्नो ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । परिवार तथा जीवन साथिको सहयोगले एक किसिमको उत्साह जगाउनेछ । सुन्दर तथा बीलाशी पहिरनले व्याक्तित्वमा निखारता ल्याउनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा फैसला हुँने तथा सत्रुलाई परास्त गर्न सकिनेछ । अध्यानमा प्रगति हुनेछ भने सफलताको सिडि चुम्न सकिनेछ । व्यापार व्ययावसायमा लगानि बढाई आम्दानिका बाटाहरु फराकिला बनाउँन सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) परिवार आफन्त तथा साथिभाईहरुको सहयोग हुने हुँनाले समस्याका पर्खालहरु आफै ढल्नेछन् । बंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ भने सवारि साधन तथा घर जग्गाको किनबेच बाट केहि मात्रमा लाभ लिन सकिनेछ । पढाई लेखाई अरु दिन भन्दा कमजोर रहने हुँनाले नतिजा अरुकै पक्षमा जानेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) दाजुभाई तथा छिमेकिको सहयोगले परिणाममुखि काम गर्न सकिने समय रहेकोछ । तपाईले शुरु गरेको काममा सबैको सहयोग तथा समर्थन रहनेछ । काम गर्ने शैलि परिवर्तन गरि आम्दानिका स्रोतहरु बढाउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । समाजसेवा तथा गित संगीत जस्ता क्षेत्रमा समय लगानि गर्नेहरुले भनजस्तो उपलब्धि हासिल गर्न सक्नेछन् ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) राम्रा पहिरनले अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । नया प्रबिधिको प्रयोग मार्फत आफुलाई अब्बल साबित गर्न सकिनेछ । नयाँ कामको प्रस्ताब आउनेछ भने नया प्रकृतिको काम थालनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समयमा सचेत नहुदा आकश्मिक कामहरु बिग्रने तथा व्यापार व्यावसायमा घाटा लाग्नेछ । स्वदेशि उत्पादन भन्दा बिदेशबाट आयात गरिएका बस्तुहरुको बिक्रि बढ्नेछ भने लामो दुरिको बिदेश यात्रा गर्न सकिने समय रहेको छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ भने आकश्मिक लाभ तथा आभुषण प्राप्तीको गतिलो योग रहेकोछ । तपाईको कार्यकुसलताको सबैले तारिफ गर्नेछन् । कुटुम्ब तथा आफन्तबाट धन तथा सम्पति लाभ हुने ग्रहयोग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । पढाई लेखाईमा बिजयको योग रहेकोछ भने पारिवारिक जमघटमा सहभागि भई स्वादिष्ट भोजन भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाई लेखाई अरु दिन भन्दा सुध्रिएर जाने हुँनाले नतिजा तपाईकै पोल्टोमा पर्नेछ । भाग्यले साथ दिने हुँदा थोरै लगानिबाट प्रशस्त आम्दानि हुँने तथा सानु प्रयत्नले ठुलो काम बन्नेछ । तपार्ईँको दिन शुभ रहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *