आजको राशिफल हेर्नुहोस्ः मिति २०७८ साल भदौ १ गते मंगलबार तदनानुसार सन् २०२१ अगष्ट १७ तारिख…..

जानकारी धर्मदर्शन राशिफल

आज मिति २०७८ साल भदौ १ गते मंगलबार तदनानुसार सन् २०२१ अगष्ट १७ तारिख । श्रावण शुक्लपक्ष दशमी तिथि अर्थात भाद्र संक्रान्ति । आज केही राशिको भाग्य चम्किदैछ भने केही राशि सावधान रहनुपर्ने देखिन्छ। आउनुहोस् हेरौँ आजको राशिफलः

मेष : प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने सम्भावना छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ ।
बृष : आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेमीको सहयोग प्राप्त हुनेछ । छोटो यात्रा पनि होला।

मिथुन : महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ। साथीभाईको विशेष सहयोग रहनेछ। शुभ समाचार सुन्न पाउनु हुनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। प्रेममा सफलता प्राप्त हुनेछ।
कर्कट : पारिवारिक पुनर्मिलनको योग छ । दाजुभाईबीचको बादविवाद मिल्नेछ। आर्थिक क्षेत्र कमजोर बन्न सक्छ। चोटपटकको भय भएकाले यात्रामा साबधानी अपनाउनु होला । अध्ययन अध्ययापन सफल हुनेछ।

सिंह : नयाँ अवसर आउन सक्नेछन्। रमणीय यात्राको योग छ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछ । प्रणय सम्बन्ध श्रेष्ठकर हुने योग छ।
कन्या : शुभ समाचार सुन्न पाइएला। कला र गलाको प्रभाव बढ्नेछ। मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । सन्तान सुखको योग छ। अधुरा कार्यहरू पूरा हुँदै जानेछन्।

तुला : बोलीको प्रभाव बढे पनि अनर्थ लाग्न सक्छ, सचेत रहनुहोला । आँटेको र ताकेको कार्य पुरा होला । आफ्ना योजना गोप्य राखेर अघि बढ्नु उत्तम हुनेछ । आर्थिक क्षेत्र सफल हुनेछ।
बृश्चिक : उपहार प्राप्त होला ।बादबिवादमा तपाईँकै जित होला। शुभकार्यको चर्चा चल्नेछ। मिष्ठान्न भोजन प्राप्त होला । प्रेममा सफलता प्राप्त हुनेछ।

धनु : अधुरो काम पूरा हनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ ।
मकर : आर्थिक पक्ष राम्रो बन्नेछ । पराक्रम बढ्नेछ । अरूलाई प्रभावित गरेर काम लिन सकिनेछ । आफन्तहरूसँग भेटघाटको अवसर मिल्नेछ । अधुरा कार्यहरू पुरा होलान् ।

कुम्भ : मनमा हर्ष,उमङ्ग र उत्साह रहला । पदोन्नतीको योग छ । राजनीतिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। वित्तीय संस्थाबाट सहयोग मिल्ला। वैदेशिक कार्य अघि बढ्नेछ। आज रमणीय र सुखद् यात्राको योग छ।
मीन : आज मन खिन्न हुने स्थिति आउनेछ । कार्य सम्पादनमा सहजता नमिल्ला। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। व्यवसायिक स्थितिमा गिरावट आउनसक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *