यो हप्ताको राशिफल हेर्नुहोस : भदौ ०६ गते आईतबार देखी भदौ १२ गते शनिबार सम्मको

जानकारी धर्मदर्शन राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) वादबिवाद तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउँन सकिनेछ भने मुद्दा मामिला तथा न्यायलयबाट हुने निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । स्वास्थ्य सम्बन्धि पुराना समस्या भए समाधान भएर जानेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति गर्न सकिनेछ । मावलि पक्षबाट तपाईको काममा आर्थिक सहयोग हुनेछ भने अघि पछि तपाईको नराम्रा कुरा गर्नेहरु तपाईकै प्रशंसा गर्दै हिड्नेछन् । ब्याबसायिक यात्राको सन्द्रर्भमा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्ने अवसर प्राप्त हुनेछ भने बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिन रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । शुक्रबार तथा शनिबारको समय मध्ययम रहेकोले काम गर्दा ध्यान दिनुहोला ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ । आर्थिक ब्याबस्थापनको अभावले व्यापार व्यावसायमा आउँने बिभिन्न अवसरहरु गुम्नेछन् ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) बंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ । पढाई लेखाईमा अरुदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिश्पर्धामा तपाईनै अग्र पंक्तिमा आउनु हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् । मंगलबार बेलुका देखि बिहिबारसम्मको समय मध्ययम रहेकोले मुद्धा तथा मामिलामा सामेल भए हारिने अधिक सम्भावना रहेको छ भने न्यायिक निर्णयहरु तपाईको बिपक्षमा फैसला हुनेछन् । आफ्नो ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्याले सताउँन सक्छ । मामा तथा मावलि पक्षबाट आश्वासन मात्र पाईने हुनालेकुनै कुराको आष गर्नु गलत हुनेछ । शुक्रबारदेखि पुनह समय तपाईकै पक्षमा आउँने हुनालेमहिला मित्रहरुसँग गरिने कुनै पनि व्यापार तथा आर्थिक ब्याबस्थापनका लागि गरिने कारोबारहरु फस्टाएर जानेछन् । प्रेम गर्ने जोडिहरुका लामो समय सँगै बसेर भलाकुसारि गर्न सक्नेछन् । शुभ तथा मांगलिक कार्यमा सहभागि भई बिभिन्न परिकारको स्वाद लिदै दिन कटाउँन सकिनेछ ।

मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा) मंगलबार दिउँसो सम्मको समय त्यति राम्रो नभएकोले राजनिति तथा समाजसेवामा जनताको समर्थन पाउँन कडा मेहनेत गर्नुपर्नेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ भने सवारि साधन तथा घर जग्गाको किनबेच बाट केहि मात्रमा लाभ लिन सकिनेछ । आत्मिय मित्र तथा आमासँग छुट्टिएर टाडाको यात्रा गर्नुपर्दा नरामाईलो महशुस हुनेछ । बुधबार बेलुकादेखि समय उत्तम रहेकोले बिद्या तथा प्रतिश्पर्धाको लडाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै परिवार तथा गुरुवर्गहरुका अगाडि प्रशंसा पत्र तथा पुरस्कार जित्न सकिनेछ भने तपाईको बौद्धिकतालाई सबैले सम्मान गर्नेछन् । सवारि साधन,भौतिक सम्पति तथा आकस्मिक धनसम्पति लाभ हुनेछ । बादबिवाद तथा न्यालयबाट हुने निर्णय तपाईको पक्षमा आउँने तथा पुराना समस्याहरु हल भएर जाने हुनालेमन प्रशन्न हुनेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय राम्रो रहेकोछ ।

कर्कट (ही,हू ,हे,हो,डा,डी,डु,डे,डो) बिहिबारसम्मको समय राम्रो रहेकोले लामो समय देखि अल्झेर बसेका बिवादित बिषयहरु हल हुनेछन् भने अदालत तथा न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । जनसम्पर्क बढ्ने तथा दाजुभाई,छिमेकिबाट भनेजस्तो सहयोग पाईने हुनालेमन प्रशन्न रहनेछ । छोटो तथा महत्वपुर्ण यात्राको तय हुनेछ । कृषि तथा सहकारि क्षेत्रलाई समय सापेक्ष परिमार्जन गरि भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुदा मन प्रशन्न रहनेछ । खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहने हुनालेनयाँ कुराहरु पत्ता लगाउँन सकिनेछ । माया प्रेममा आफ्नो मायालुसँग दिनभरु सँगै रहेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ । शुक्रबार बिहानदेखि समय मध्ययम रहेकोले सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला । बौद्धिक ब्यात्तित्व तथा अग्रजहरु सँग सैद्धान्तिक बिषयमा मतभेद रहनेछ । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) मंगलबार दिउँसो सम्मको समय राम्रो रहेकोले तपाईको बक्तब्य कलाको प्रभावले समाजमा सकारात्मक तरङग पैदा गर्नेछ । बोलिको प्रभाव बढ्ने हुदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । व्यापार बिस्तार गरि प्रशस्त धन सम्पति तथा आय आर्जन गर्न सकिनेछ । मंगलबार साझदेखि समय मध्ययम रहेकोले आफन्तजन तथा परिवारका सदस्यहरु तपाईको ब्याबहारले टाडिन सक्छन् । बिद्या तथा प्रतिश्पर्धामा मेहनेत गरेअनुशार नतिजा निकाल्न प्रशस्त समय खर्चिनु पर्नेछ । समय,सन्द्रर्भ तथा परिस्थितिको राम्रो सँग अध्ययन गरि कुनै पनि निर्णय गर्नुहोला गलत ब्याक्तिको सल्लाह तथा सुझाब मान्दा तपाईबाट आत्मघाति निर्णयहरु हुनेछन् । साथिभाईहरुको गलत संगतले नकरात्मक सोचको बिकास हुनेछ भने नियम बिपरित काम गर्न उक्साउने हरु सक्रिय रहनेछन् । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ भने घर जग्गा तथा गाडि घोडाको व्यावसायबाट केहिमात्रमा लाभ लिन सकिनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) सुन्दर तथा बिलाशि बस्तुहरुको उपभोग गर्न पाईने हुनालेमन प्रशन्न हुनेछ भने सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । कला साहित्य तथा सिर्जनात्मक क्षेत्रमा लगानि गर्ने अनुकुल बाताबरण बनेर जानेछ । समय अनुसार आफ्ना बिषय बस्तुको उँठान गर्न सके आर्थिक रुपमा सम्पन्न होईनेछ । मंगलबार साझदेखि बिहिबार सम्मको समय मध्ययम रहेकोले समय र परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र आफ्ना कुरा राख्नुहोला तपाईको प्रस्तुति सहि ठाउँमा नहुन पनि सक्छ । निर्णायक पदमा हुनुहुन्छ भने कुनै पनि निर्णय गर्दा ध्यान दिनु जरुरि देखिन्छ तपाईको निर्णयको आलोचना गर्न बिपक्षीहरु तम्तयार भएर बसेका हुनसक्छन् । शुक्रबारबाट पुनह समय तपाईकै पक्षमा आउँने हुनालेदाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुनालेप्रशस्त नाफा कमाउँन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ । बिद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जिवन शैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ ।

तुला ( रा,री,रु,रे,रो,ता,ती,तू ,त) बिहिबार बेलुकासम्मको समय मध्ययम रहेकोले कमर्शियल निर्णयहरु धाति राख्नु होला किनकी व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेको छ भने बैदेशिक क्षेत्र सँग सम्बन्धित व्यावसायमा लगनि बढाउँदा प्रशस्त नाँफा कमाउँन सकिनेछ । यात्रा गर्दा ध्यान दिनुहोला तपाईको यात्रा कष्टपुर्ण हुन सक्छ । आपराधिक क्रियाकलाममा सम्लग्न मानिस सँग टाडै रहनुहोला तपाईलाई प्रलोभनमा पारेर आफ्नो स्वार्थ पुरा गर्न सक्छन् । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरु सफलता हात लगाउँन निकैनै मेहनेत गर्नुपर्ला । समयमा कामहरु सम्पादन नहुदा तथा सामाजिक कामहरु बिग्रने हुदा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेममा सामान्य अबिश्वास सिर्जना हुनेछ भने घर परिवार तथा आफन्तजनसँग मनमुटाव बढ्नेछ । शुक्रबार तथा शनिबारको समय उत्तम रहेकोले बोलिको प्रभाव बढ्ने हुदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । माया प्रेमको गाठो झन कसिलो भएर जानेछ । जुझारु साथिहरुको संगतले नयाँ कुराको खोज तथा अनुशन्धान गर्ने जागर आउँनेछ ।

बृश्चिक (तो,ना,नी,नू ,ने,नो,या,यी,यू) आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्नेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । प्राकृतिक स्रोत तथा साधनको भरपुर प्रयोग गरि आयस्रोतका बाटाहरु फराकिलो बनाउँन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराएर अगाडि बढ्न सकिनेछ । बिभिन्न किसिमका भौतिक साधनहरु लाभ हुनेछन् । प्रेम प्रशङगले दिन रमाईलोका साथ बित्नेछ भने इच्छित सामानहरुको उपभोग गर्न पाईने हुनालेमन प्रशन्न हुनेछ भने दिल खोलेर सहयोग गर्नेहरु भेटिनेछन् । लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ भने बिदेशमा रहेर व्यापार व्यावसायमा सम्लग्न हुनेहरुले प्रसस्त आम्दानि गर्न सक्नेछन् । शुक्रबार तथा शनिबारको समय त्यति राम्रो नभएकोले समाजमा सर्बसाधारणको काम गर्दा गर्दै पनि बिपक्षीहरुले भ्रम सिर्जना गरेर तपाईको साख गिराउँन लागि पर्नेछन् । बिशिष्ट ब्याक्तिहरु सँग बिवाद बढ्नेछ भने आर्थिक ब्याबस्थापनका लागि चालिएका प्रयासहरु निअर्थक हुनेछन् । व्यापार व्यावसायमा नाँफा कमाउँन निकैनै समय दिनु पर्नेछ ।

धनु (ये,यो,भा,भी,भू ,ध,फा,ढा,भे) राजनितिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरेर प्रसिद्धि कमाउँने समय रहेको छ भने अरुलाई प्रभावमा पारेर आफ्नो काम फत्ते गर्न सकिनेछ । नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । व्यापार व्यावसायमा लगानि बढाएर प्रशस्त आम्दानि गर्न सकिनेछ । छोटो समय लगाएर गरिएको प्रयासबाट सार्थक तथा सकारात्मक नतिजा आउँने हुनालेमन प्रशन्न रहनेछ । सरकारि साधन तथा प्राकृतिक स्रोतको प्रयोेग मार्फत आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । पढाई लेखाईमा प्रगति हुने हुनालेआफन्त तथा गुरुजनहरु खुसि रहनेछन् । भौतिक तथा सवारि साधन प्राप्तिको योग रहेको छ भने चिठ्ठा तथा उपाहार प्राप्तिको गतिलो सम्भावना रहेको छ । शुक्रबार तथा शनिबार बैदेशिक यात्रा गर्न सकिने तथा बिदेशमा उत्पादित सामानको व्यापार फस्टाएर जाने भए पनि सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला । अनाबस्यक ठाउँमा रुपैया पैसा खर्च हुने हुदा मन चिन्तित रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुनालेजस्तो सुकै चुनौतिको पनि सामना गर्न सहज हुनेछ । टाडिएका मित्रहरुसँगको भेटघाटले नयाँ योजना बनाउँन महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ । प्रेम प्रशङमा दिन बित्ने तथा माया प्रेमको डोरो कसिलो भएर जानेछ । बुधबार तथा बिहिबारको समय मध्ययम रहेकोले सरकारि तथा प्रशासनिक क्षेत्रमा काम गर्दा गम्भिरता अपनाउनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । आर्थिक ब्याबस्थापनका कुनै योजना भए आजको दिन सार्वजनिक नगर्नु नै राम्रो हुनेछ । मनोबल कमजोर रहनाले समयमा कामहरु सम्पादन नहुन सक्छन् । शुक्रबार तथा शनिबार राम्रो रहेकोले बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराएर अगाडि बढ्न सकिनेछ । बिभिन्न किसिमका भौतिक साधनहरु लाभ हुनेछन् । प्रेम प्रशङगले दिन रमाईलोका साथ बित्नेछ भने इच्छित सामानहरुको उपभोग गर्न पाईने हुनालेमन प्रशन्न हुनेछ भने दिल खोलेर सहयोग गर्नेहरु भेटिनेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू ,से,सो,दा) मंगलबार सम्मको समय मध्ययम रहेकोले तपाई आफ्नै कारणले घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । ऋण,रोग तथा संकटको सामाना गर्नुपर्नेछ । निर्णायक पदमा हुनुहहुन्छ भने कुनै पनि निर्णय गर्दा ध्यान दिनुहोला गलत ब्यात्तिहरुको सल्लाहमा गलत निर्णय हुन सक्छ । बुधबारदेखि समय तपाईकै पक्षमा आउँने हुनालेलामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । उच्च पदस्थ ब्याक्तित्वसँग भेटघाट हुने तथा मान सम्मान, ईज्जत,प्रतिष्ठा बडेर जानेछ । पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ । प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । नयाँ काम पाउँने तथा बढुवा हुने योग रहेको छ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिबाह,बनभोज तथा यस्तै समारोहमा साथिहरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर समय कटाउँन सकिनेछ । मेहनेत तथा लगनशिल भएर काम गर्ने जोसजागर आउँनेछ । सकारात्मक प्रयासहरु सफलता पुर्वक सम्पन्न हुनेछन् भने थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुनालेमन प्रशन्न रहनेछ । बुधबार तथा बिहिबारको समय मध्यमय रहेकोले गोप्य कुराहरु बाहिर आउँन सक्छन् ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउँन तथा लुटिन सक्छ सजक रहनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ । शुक्रबार तथा शनिबारको समय उत्तर रहेकोले धर्म,सस्कृति तथा रितिरिवाजमा जोगाउँने कार्यमा समय खर्चनु पर्ने हुनसक्छ । भाग्यले साथ दिने हुनालेथोरै लगानि गर्दा पनि व्यापार व्यावसायबाट राम्रै आम्दानि गर्न सकिनेछ । प्रगतिशिल तथा तारिफयोग्ग काम गरि घर परिवारमा सबैको मन जित्न सकिने छ । तपाईको दिन शुभ रहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *