सुनको भाउ आज घट्यो ! हेर्नुहोस् प्रति तोला कतिमा हुँदैछ कारोबार…..

अर्थबजार जानकारी

काठमाडौँ । आज मिति २०७८ साल भदौ ९ गते अर्थात् साताको चौथो दिन बुधबारको दिन हाम्रो नेपाली बजारमा सुनको भाउ घटेको छ । हिंजो मंगलबारको दिन प्रतितोला ५ सय रुपैयाँले बढेको सुनको भाउ आज बुधबार भने प्रतितोला ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबारको दिन नेपाली बजारमा छापावाल सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिंजो मंगलबारको दिन बजारमा छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै, आज नेपाली बजारमा तेजावी सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन हिजो मंगलबारको दिन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज बुधबारको दिन चाँदीको भाउ भने बढेको छ । आज चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको थियो । लामो समयदेखिको कोरोना भाइरस (कोभिड(१९) महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ् हुने गरेको छ । सुनको भाउमा केही घटबढ भएपनि बजारमा भने किनबेच हुन छाडेको महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *