यो हप्ताको राशिफल हेर्नुहोस : भदौ १३ गते आईतबारदेखि भदौ १९ गते शनिबारसम्मको

जानकारी धर्मदर्शन राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) निर्णायक पदमा हुनुहुनछ भने तपाईबाट समाजलाई असर पर्ने घातक निर्णयहरु हुनसक्छन् ध्यान दिनुहोला । भौतिक सम्पति प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । तरपनि उच्च पदस्थ ब्याक्तित्वसँग भेटघाट हुने तथा मान सम्मान,ईज्जत,प्रतिष्ठा बडेर जानेछ । पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ भने व्यापार व्यावसायबाट मनग्गे नाँफा कमाउँन सकिनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुनालेजस्तो सुकै चुनौतिको पनि सामना गर्न सहज हुनेछ । टाडिएका मित्रहरुसँगको भेटघाटले नयाँ योजना बनाउँन महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ । प्रेम प्रशङमा दिन बित्ने तथा माया प्रेमको डोरो कसिलो भएर जानेछ । प्राकृतिक स्रोत तथा पैत्रिक धन सम्पतिको प्रयोग मार्फत प्रसस्त आम्दानि गर्न सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) साथिभाई हरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । समस्याका खाडलहरु पुर्नको लागि अथक प्रयास गर्नुपर्नेछ । संकट ब्याबस्थापनका लागि चालिएका प्रयासमा बाधा हुनेछ भने फसाउनेहरु हाबि हुनेछन् । सरकारि तथा प्रशासनिक क्षेत्रमा काम गर्दा संम्यमता अपनाउनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । सामाजिक काममा समय खर्च भए पनि जस पाईने छैन । सबैको सुझाब तथा सल्लाहलाई अध्ययन गरि निर्णय आफै लिनुहोला । व्यावसायमा प्रशस्त समय खर्चिय पनि भने जस्तो आम्दानि नहुने हुनालेमन चिन्तित रहेने छ । अध्ययन तथा अनुशन्धानको क्षेत्र कमजोर रहने हुनालेनतिजा अरुकै पोल्टोमा पर्नेछ । प्रेम प्रशङमा नचाहादा नचाहादै छुट्टिनु पर्दा मन खिन्न हुनेछ । आईतबार साझ तथा शुक्रबार बिहान बितेपछिको समय राम्रो रहेकोले समस्या समधानका लागि चालिएका कदमहरुबाट सार्थक नतिजा आउँने हुनालेमन प्रशन्न हुनेछ ।

मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा) अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुने हुदा घर परिवार तथा आफन्तमा खुसियालि छाउँनेछ । व्यापार व्यावसायमा लगानि बढाई भनेजस्तो नाँफा कमाउँन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरु सँग कडा टक्कर गर्नुपरेपनि अन्तत नतिजा तपाईकै हातमा पर्ने निश्चित छ । आफुले मन पराएको मानिसलाई आफनै मनमुटुमा राखेर माया गर्न पाउँन मन प्रसन्न हुनेछ । गित संगित तथा मोडलिङको क्षेत्रमा चासो बढ्नेछ । पारिवारिक माहोल तथा बनभोज जस्ता कार्यक्रममा सहभागि भई साथिभाई सँग रमाउँन सकिनेछ । मन्दिर तथा धार्मिक प्रतिष्ठानतिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । समाजको मन जित्ने काम गर्ने अवसर जुर्ने हुनालेमान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । बुधबार बिहानदेखि शुक्रबार सम्मको समय त्यति राम्रो नभएकोले काममा अप्रत्यासित बाधा ब्याबधान आउँने तथा उपलब्धि बिहिन काममा समय खर्च हुनेछ त्यसैले समय र परिस्थितिको अध्ययन गरेर मात्र कुनै काम शुरु गर्नुहोला ।

कर्कट (ही,हू ,हे,हो,डा,डी,डु,डे,डो) कुनै पनि क्षेत्रमा हुने प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने अदालत तथा न्यायिक निकायबाट हुने निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् । जीवन साथिसँग रमाईलो स्थानको अवलोकन गर्न लामो दुरिको भ्रमण तय हुनेछ भने ब्याबसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । सामुहिक लगानि कर्ता भेला पारेर नँया व्यावसाय थालनि गर्दा लामो समय सम्म आम्दानि भईरहनेछ । पढाई लेखाईमा ध्यान जानेछ भने उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । भौतिक सम्पति लाभ हुने तथा आफुले चाहेको बस्तु पाउँन सकिने हुदा मन खुसि रहनेछ । माया प्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जीवनमा थप बिश्वासको बाताबरण बढेर जानेछ । शुक्रबार दिउँसोदेखि समय त्यति राम्रो नभएकोले स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउन सक्ने हुनालेखानपानमा ध्यान दिनुहोला । घर परिवारमा दिदि बहिनी तथा पति पत्निबिच भएको बिवादले नराम्रो परिणाम सिर्जना हुनसक्छ ध्यान दिनुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आधुनिक कृषि तथा पशुपालन व्यावसायलाई आधुनिकिकरण गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । आकस्मिक धन तथा भौतिक सम्पति लाभ हुने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् । पढाई लेखाईमा राम्रो प्रगति हुनेछ भने बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । परिवार तथा सन्तानबाट तपाईले गरेको काममा सहयोग हुनेछ । बादबिवाद तथा प्रतिश्पर्धाको लडाईमा प्रतिश्पर्धिहरुले निर्बिरोध तपाईको समर्थन गर्नेछन् भने सामाजिक काम गरि अरुको मन जित्न सकिनेछ । काम गर्ने शैलि परिवर्तन गरेर आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । व्यावसायिक यात्राको सन्द्रर्भमा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्ने अवसर प्राप्त हुनेछ भने बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ । नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिन रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) समय मध्यम रहेकोले काम गर्ने बिभिन्न अवसर आएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । आट गर्न नसक्दा हातमा आउन लागेको काम अरुले नै फुत्काउनेछन् । आफन्त,छिमेकि,दाजुभाईबाट धोका तथा बिश्वासघात हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरु भन्दा पछि परिने चिन्ताले सताईरहनेछ । माया प्रेममा अबिश्वास तथा पति पत्निबिचको सम्बन्धमा सामान्य मनमुटाब बढ्नेछ । सानातिना स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछन् भने व्यापार व्यावसायमा नाफा कमाउन निकैनै समय खर्चिनु पर्नेछ । घर जग्गा खरिद बिक्रि तथा सवारि साधनको कारोबार फस्टाएर जानेछ भने अन्य व्यावसायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चिनु पर्नेछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताबाट आलोचनात्मक समर्थन प्राप्त हुनेछ । अरुको काम गर्दा समय बितेको पत्तो नपाईने हुदा आफ्नो काम भने थाति रहनेछ । खोज तथा अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले फितलो रहने हुनालेभने जस्तो नतिजा हात पार्न मुस्किल पर्नेछ ।

तुला ( रा,री,रु,रे,रो,ता,ती,तू ,त) बोलिको प्रभाव बढ्ने हुदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । माया प्रेमको गाठो झन कसिलो भएर जानेछ । जुझारु साथिहरुको संगतले नयाँ कुराको खोज तथा अनुशन्धान गर्ने जागर आउँनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ दिन कटाउँन सकिने हुदा मन प्रशन्न रहनेछ । उद्योग व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुने हँुनाले मन प्रशन्न रहनेछ । लेखन कलाको बिकाश हुनेछ भने लेखेरै आफ्ना कुराहरु जनमानसमा लैजान सकिनेछ । पराक्रम बडेर जानुका साथै कामहरु समयमा बन्नेछन् । छिमेकि दाजुभाई तथा आत्मिय मित्रहरुबाट भने जस्तो आर्थिक तथा भावनात्मक सहयोग मिल्नेछ । कृषि तथा पशुपालन अगाल्नेहरुले आय आर्जन बढाउँन सक्नेछन् भने घर जग्गा खरिद बिक्रि तथा सवारि साधनको कारोबार फस्टाएर जानेछ ।

बृश्चिक (तो,ना,नी,नू ,ने,नो,या,यी,यू) सुन्दर तथा बिलाशि बस्तुहरुको उपभोग गर्न पाईने हुनालेमन प्रशन्न हुनेछ भने सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा चाहेजस्तो नतिजा हात लाग्नेछ । व्यापार व्यावसायबाट प्रसस्त आम्दानि हुने हुनालेआर्थिक रुपमा सम्पन्न होईनेछ । नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने आर्थिक ब्याबस्थापनका मुद्दाहरु सजिलै हल गर्न सकिनेछ । समाजसेवी तथा राजनिती गर्नेहरुले आज जनताको समर्थन पाउने तथा प्रतिपर्धिहरुलाई सजिलै हराउन सक्नेछन् । कन्भिन्स गर्ने पावर बढ्ने हुनालेअरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ । सार्वजनिक महत्वको बिषय उठान गर्दा दाजुभाई तथा छिमेकिसँग परामर्श लिएर अगाडि बढ्दा कामहरु समयमानै फत्ते हुनेछन् । हप्ताको अन्तमा कृषि तथा सहकारि व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू ,ध,फा,ढा,भे) बिदेशि भाषा तथा बिदेशि सस्थासँग सम्बन्धित कामहरु बाट मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । सिमित स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ता पुरा गर्न सकिनेछ भने आर्थिक ब्याबस्थापनका पुराना मुद्दाहरु हल भएर जानेछन् । बिद्या तथा प्रतिश्पर्धामा सोचेजस्तै नतिजा आउँने हुनालेमन प्रशन्न हुनेछ । बुधबारदेखि शुक्रबार सम्मको समय त्यति राम्रो नभएकोले स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउँन सक्ने हुनालेखानपानमा ध्यान दिनुहोला । पति पत्नि बिच मनमुटाब बढ्नेछ भने माया प्रेममा धोका हुन सक्छ । डाहा गर्नेहरुले गलत सुझाब तथा सल्लाह दिएर फसाउँन सक्नेछन् ख्याल गर्नुहोला । शुक्रबार दिउँसोदेखि पुनँह राम्रो समय आउँने हुनालेछोटो तथा अर्थपुर्ण भ्रमणको तय हुनेछ भने यात्राका क्रममा साथिभाई तथा आत्मिय मित्रका साथ मिठा मिठा परिकार खादै तथा पिउदै दिन ब्यातित गर्न सकिनेछ । छिमेकि तथा दाजुभाई हरुबाट भने जस्तो आर्थिक तथा भावनात्मक सहयोग हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लामो यात्राको अभिक सम्भावना रहेको छ भने बिदेशी बस्तुको व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्न सक्छ ध्यान लिनुहोला । पढाई लेखाईमा सफलता प्राप्त गर्न अलि बढिनै समय लगानि गर्नुपर्नेछ । आफन्त तथा अग्र्रज ब्याक्तित्वहरु सँग सैद्धान्तिक बिषयमा राय बाजिनेछ भने घर परिवार तथा आफन्तहरुबाट भनेजस्तो सहयोग नपाईने हुदा दिगो काम गर्ने अवसर गुम्नेछ । समाजमा प्रतिष्ठित काम गरेपनि बिपक्षहरु मान सम्मान तथा ईज्जत प्रतिष्ठामा गिराउन लागि पर्नेछन् । व्यापार व्यावसायमा प्रसस्त समय खर्चिय पनि भने जस्तो आम्दानि नहुने हुनालेआर्थिक ब्याबस्थापन गर्न कठिन हुनेछ । आफन्तजन तथा घर भित्रकै मानिसबाट धोका हुन सक्छ सजक भएर काम गर्नुहोला । आईतबार र शुक्रबार दिउँसोबाट समय राम्रो रहेकोले प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे आम्दानि हुनेछ भने बोलिको प्रभाव बढ्ने हुनालेबोलिकै भरमा कामहरु हुनेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू ,से,सो,दा) बुवा तथा बुवा सरहका ब्याक्तिबाट भरपुर सहयोग प्राप्त हुने भने बिद्या तथा बादबिवाद प्रतियोगितामा प्रतियोगिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्नेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । प्राकृतिक स्रोत तथा साधनको भरपुर प्रयोग गरि आयस्रोतका बाटाहरु फराकिलो बनाउँन सकिनेछ । प्रेम प्रशङगले दिन रमाईलोका साथ बित्नेछ भने इच्छित सामानहरुको उपभोग गर्न पाईने हुनालेमन प्रशन्न हुनेछ भने दिल खोलेर सहयोग गर्नेहरु भेटिनेछन् । बुधबार बिहानदेखि शुक्रबार दिउँसो सम्मको समय मध्ययम रहेकोले वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने दैनिक काम गर्न असहज महशुस हुनेछ । अनाबस्यक ठाउँमा श्रम तथा शक्ति प्रयोग हुनेछ ध्यान दिनुहोला । शुक्रबार साझबाट पुनह समय तपाईकै पक्षमा आउँने हुनालेशुन्दर तथा बिलाशि सामानहरुको प्रयोग गर्न पाईने योग रहेकोछ भने मान सम्मानमा बृद्धि भएर जानेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) धर्म तथा सस्कृति बचाउँने अभियानमा तपाईको मुभिका महत्वपुर्ण हुन सक्छ । व्यापार व्यावसायमा लगानि बढाएर प्रशस्त आम्दानि गर्न सकिनेछ । राजनितिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरेर प्रसिद्धि कमाउँने समय रहेको छ भने सम्मानित काम गरेर समाजमा नाम,दाम तथा ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । बिद्या तथा प्रतिश्पर्धामा तपाईनै अग्र पंत्तिमा आउँनु हुनेछ । पारिवारिक माहोल तथा सांगितिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनेछ । बिषेश गरि तरल पदार्थ तथा खनिज पदार्थ सँग सम्बन्धित बस्तुहरुको व्यावसाय फस्टायर जानेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्नेछन् । सवारी साधन प्राप्तिको योग रहेको छ भने प्रेम प्रशङगले दिन रमाईलोका साथ बित्नेछ । शुक्रबार साझदेखि समय मध्ययम रहेकोले स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनहोला । लामो दुरिको बिदेश यात्राको अधिक सम्भावना रहेकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *