नेपाली नायिका ऋचा शर्मालाई पुत्र लाभ !

जानकारी समाज

काठमाडौँ, २३ भाद्र । नेपाली नायिका नायिका ऋचा शर्माले छोरालाई जन्म दिएकी छिन् । आज बुधबारको दिन बिहान नायिका शर्माले छोरालाई जन्म दिएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

परिवारका अनुसार, नायिका शर्मा आज बिहान मात्रै अस्पतालमा भर्ना भएकी थिइन् । नायिका ऋचाको सिजर गरिएको वुझिएको छ । आमा र छोराको अवस्था सामान्य रहेको छ । नायिका ऋचा शर्माले करिब २ बर्ष अगाडि प्रेमी दिपेक्षा विक्रम राणासँग बिहे गरेकी थिइन् । पहिलो चरणको लकडाउनपछि ऋचा गर्भवती भएकी थिइन्।

नायिका शर्मा गर्भवती भएपछि पनि ‘कमेडी च्याम्पियन २’को निर्णायकको रुपमा काम गरिरहेकी थिइन् । तर, आमा बन्ने दिन नजिकिए पछि उनले यो साताबाट मात्रै निर्णायक पदमा नरहने निर्णय गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *