बेलायतमा भिसी कुलवीर थापा मगरको सालिक अनावरण

जानकारी राष्ट्रिय समाज

लण्डन, १० असोज (रासस) : बेलायती सेनामा भिक्टोरिया क्रस ९भिसी० पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा बनाइएको सालिक बौद्ध र हिन्दू परम्पराअनुसार पूजापाठ गरेपछि शनिबार अनावरण गरिएको हो । सो समारोहमा बेलायती रक्षा तथा भेट्रान्स राज्यमन्त्री लियो डोचेर्टी, ह्याम्पसायर काउन्टीका डेपुटी लर्ड लेफ्टिनेन्ट मणिकुमार राई, बेलायती सेनाका कमाण्डर होम कमाण्ड एण्ड स्ट्याण्डिङ जोइन्ट कमाण्डर लेफ्टिनेन्ट जनरल इयान केभ सिबी, दूतावासकी उपनियोग प्रमुख रोशन खनाललगायतले सालिक अनावरण गर्नुभएको थियो । समारोहमा दिवङ्गत सेनाका सम्झनामा मौनधारण गरिएको थियो ।

ग्रेटर रसमोर नेपलिज कम्युनिटीका नेतृत्वमा नेपाली तथा विदेशीबाट चन्दा सङ्कलन गरी सालिक बनाइएको हो । रसमोर बरो काउन्सिलले इजाजत दिएपछि गत फेब्रुअरी २०१९ मा परियोजना प्रारम्भ भए पनि कोभिड महामारीले केही समय लम्बिएको थियो । सालिक बनाउन एक लाख ७० हजार पाउण्ड बढी खर्च भएको परियोजना अधिकृत ग्यारी घलेकले जानकारीदिनुभयो ।

काउन्सिलले वर्षेनी एक पाउण्डमा ९९ वर्षको लागि सालिक बनाउन जग्गा भाडा दिएको थियो भने सालिक मर्मतसम्भार पनि काउन्सिलले नै गर्ने जनाइएको छ । अल्डरसटमा स्थानीय समुदायसँग नेपालीको सुमधुर सम्बन्धको प्रमाणका रूपमा सालिक अनावरण भएको वेलिङटन काउन्सिलर जीव बेल्वासेले बताउनुभयो ।

यो पनि -कांग्रेस पालिका अधिवेशन ः पोखरा महानगरपालिकाको मतगणना जारी

सत्तारुढ नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कास्कीका सबै पालिकामा अधिवेशन सम्पन्न भएका छन् । यसक्रममा चार गाउँपालिकामा नयाँ नेतृत्व चयन भएका छन् भने पोखरा महानगरपालिकाको सभापति पदका लागि शनिबार सम्पन्न निर्वाचनको मतगणना अहिले पनि जारी छ । अन्नपूर्ण र रुपा गाउँपालिकामा सर्वसम्मत र माछापुच्छ«े र मादी गाउँपालिकामा निर्वाचनद्वारा नेतृत्व चयन भएको थियो । मादीमा सभापतिमा यामबहादुर गुरुङ देविजंग गुरुङलाई एक मतले पछि पार्दै यामबहादुर निर्वाचित हुनुभएको काँग्रेसको निर्वाचन समितिले जनाएको छ । विजयी गुरुङले ९३ मत प्राप्त गर्दा प्रत्याशी देवीजंगले ९२ मत पाउनुभएको थियो ।
उपसभापतिमा लिला मोहन कुइकेल र कृष्ण चन्द्र बराल निर्विरोध निर्वाचित हुनुभयो । सचिवमा भोज बहादुर गुरुङ र देवि जंग गुरुङ, सहसचिवमा तेज बहादुर रानाभाट र बोधनाथ ढकाल(राजु) निर्वाचित निर्वतमान सचिव भानु ढकालले जानकारी दिनुभयो ।माछापुच्छ«े गाउँपालिकाको अधिवेशनबाट सभापतिमा वीरेन्द्र गुरुङ निर्वाचित हुनुभयो । उहाँ विसं २०७४ को स्थानीय तहका निर्वाचनमा काँग्रेसबाट वडा नं १ को वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

यसैगरी अन्नपूर्ण गाउँपालिका सभापतिमा दोस्रो कार्यकालका लागि मनपति भण्डारी निर्विरोध निर्वाचित हुनुभएको छ । उपसभापतिद्धयमा सुशील भट्टचन र गौमाया नेपाली निर्वाचित हुनुभयो ।यसैगरी सचिवमा कृष्णप्रसाद सुबेदी र विजय गुरूङ तथा सहसचिवमा धुव्र घले र मुक्ति गुरूङ निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

अन्नपूर्ण गाउँपालिका अन्तरगतका वडा कार्यसमितिको नेतृत्व पनि यसअघिनै सर्वसम्मत चयन गरिएको थियो । रूपा गाउँपालिकामा सभापतिमा बिमलबाबु न्यौपाने, उपसभापतिमा गेसबहादुर गुरूङ र शंकरलाल श्रेष्ठ, सचिवमा बुद्धिबहादुर खड्का र र विकल ओझा, सहसचिवमा निर्मल केसी र विकास ओझा निर्वाचित हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *